News >
क्रियाकलाप
व्हिल चियर वितरण कार्यक्रम सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रोहिणी राणाको प्रमुख आतिथ्यमा महा-सेनानी गोपाल बहादूर खत्री स्मृती ट«स्टले पौष १५ गते आईतबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा कर्तव्यपरायणको दौरान घाइते भई असहज परिस्थितिमा रहेका सैनिक व्यक्ति तथा विभिन्न कारणबस घाइते भएका अशक्त परिवारजनसमेत १९ जनालाई व्हिल चियर वितरण गरिएको छ । उक्त अवसरमा सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती अमिता थापा, संघका अन्य पदाधिकारीहरु, ट«स्टका संस्थापक सहायक रथी रमीन्द्र क्षत्री, ट«स्टकी अध्यक्ष श्रीमती गिता क्षत्री, ट«स्टका सचिव अ.प्रा. महा-सेनानी रतिन्द्र खत्री, ट«स्टकी कोषाध्यक्ष श्रीमती अभिलाषा क्षत्री गूरुङ तथा अन्य पदाधिकारीहरु, वीरेन्द्र अस्पतालका कमाण्डान्ट सहायक रथी बच्चूराम के.सी., क्लिनीकल रजिष्टार सहायक रथी किशोर जंग राणा, राष्टि«य अपाङ्ग पूनर्स्थापना समाजका अध्यक्ष राकेश हमाल, LDS Charities का प्रतिनिधिहरु लगायत अधिकृतहरुको उपस्थिति रहेको थियो ।