सदस्यता

सदस्यहरूको वर्गिकरण, सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता, सदस्यता रहने अवस्था

सदस्यहरूको वर्गिकरण यस संस्थाका देहाय बमोजिम चार प्रकारका सदस्यहरूको वर्गिकरण गरिएको छ ।

(क) साधारण सदस्य: यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया अन्तर्गत रही आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरू साधारण सदस्य हुनेछन् ।
(ख) संस्थापक सदस्य: यो विधान दर्ता हुँदाको बखतका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरूले साधारण वा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(ग) आजीवन सदस्य: संस्थाको विकासका लागि विशेष योगदान पुर‌याउने व्यक्तिहरूलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिने छ ।
(घ) मानार्थ सदस्य: साधारणसभाले उपयुक्त ठहर गरेको विशिष्ट तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्यता दिन सकिनेछ । तर मानार्थ सदस्यहरूको मताधिकार रहने छैन ।

 

सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ:

(क) नेपाली नागरिक भएको ।
(ख) १८ वर्ष उमेर पूरा भएको ।
(ग) मानसिक सन्तुलन नगुमाएको ।
(घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।
(ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजायँ नपाएको ।
(च) सैनिक सेवाबाट अवकाश प्राप्त व्यक्तिहरु ।

 

संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था: देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यताको सदस्य पद प्राप्त गर्न सक्ने छैन ।

(क) गैरनेपाली नागरिक ।
(ख) मगज बिग्रेको वा बौलाएको ।
(ग) सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहरेको ।
(घ) १८ वर्ष उमेर पूरा नगरेको ।
(ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा अदालतद्वारा दोषी प्रमाणित भएको ।
(च) सम्बन्धित संस्थाको व्यवसायमा निजी स्वार्थ भएको ।
(छ) साहूको दामासाहीमा परेको ।
(ज) कुनै प्रकारको चोरी, ठगी, किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरूपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएका ।
(झ) सैनिक ऐन तथा मुलुकी ऐन विपरित कार्य गरी कारवाहीमा परेको व्यक्ति भएमा ।

 

सदस्यताको समाप्ति: देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन ।

(क) यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा
(ख) साधारण सभाको ७५% को सदस्यहरूको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
(ग) सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।
(घ) संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
(ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
(च) सदस्यता शुल्क बुझाउन बाँकी भएमा ।
(छ) संस्था विघटन भई खारेज भएमा ।
(कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सबुद पेश गर्ने पर्याप्त मौका दिनु पर्नेछ ।)

 

सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि: यस विधानको दफा ६ बमोजिमको सदस्यहरूले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी सदस्यता प्राप्त गर्न सक्नेछन् ।

(क) साधारण सदस्य:

(१) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत रू. ५००/– र वार्षिक नविकरण शुल्क वापत रू. ५००/–, मासिक शुल्क वापत रू.५००/– बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्ने व्यक्तिलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।
(२) साधारण सदस्य प्राप्त गर्ने प्रत्येक सदस्यले प्रत्येक वर्ष आषाढ महिनाको मसान्त भित्र नविकरण गराई सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नविकरण गर्न सक्नेछ ।

(ख) सस्थापक सदस्य:

(१) यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन् ।
(२) संस्थापक सदस्यहरूले विधानमा उल्लेख भए बमोजिम शुल्क बुझाई साधारण वा आजिवन सदस्यता प्राप्त गर्न सक्नेछन् ।

(ग) आजीवन सदस्य: संस्थामा प्रवेश शुल्क रू.५००/– बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरूलाई कार्य समितिको निर्णयले आजिवन सदस्यता प्रदान गर्न सक्नेछ ।

(घ) मानार्थ सदस्य

(१) साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी, उद्दमी विशिष्ट व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकहरूलाई मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ, तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
(२) कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिइनेछ ।
(३) सबै सदस्यहरूले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको पालना गर्नु पर्नेछ ।
(४) संस्थाले प्रदान गरेका उपदफा १, २, ३ र ४ अनुसारको सदस्यहरूको तोकिएको ढाँचामा छुट्टै पुस्तिका रहनेछ ।

(“महासेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्टको विधान –२०६९” बाट साभार )

उपयोगी लि‌कहरु

     NEPALESE ARMY       |       BPOTC       |       NAIHS    
Number of hits: 001012215