बारेमा

विगतको लामो द्वन्द्वले नेपाली समाज र सुरक्षा निकायहरुमा विभिन्न रुपमा असरहरु छाडेको छ । त्यसैको असर स्वरुप समाजमा विभिन्न खालका अशक्त तथा अपाङ्ग व्यक्तिहरु कसैको सहारामा जीवन व्यतित गरिरहनु परेको छ । नेपाली सेनामा पनि त्यस्ता खालका जवानहरु सेनाको वा घरपरिवारको सहारामा जिवन व्यतित गरिरहेका छन् । त्यस्ता जवानहरुले विगतमा आफु सवलाé हुंदा देशमा शान्ति सुरक्षा स्थापना गर्न पुर्याएको योगदानको कदर तथा हाल व्यतित गर्न परेको परिस्थितीलाई केही सहजता पुर्याउनु पर्ने देशको साथै जिम्मेवार नागरिकको कर्तव्य हुन आउछ ।  अपाङ्ग, असक्त, घाईते भएका जवानहरु आजको दिन बेसहारा तथा अरुमा निर्भर भई बाँची रहेका हामीले देखि राखेका छौँ । तिनीहरुका परिवारहरुलाई सानो भन्दा सानो समस्याले जकेडिरहेको छ । शिक्षा, स्वास्थ्य तथा अत्याबश्यकीय कुराहरुवाट समेत ती व्यक्तिहरु बञ्चित भइराखेको पनि हामीले देखिराखेका छौ ।
यी र यस्तै समस्याहरुलाई मध्यनजर राख्दै तिनीहरुका आश्रित परिवारहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार, छात्रवृति आदीको माध्यमबाट सहयोग गर्न र  आफ्नो जीवन शैली नै परिवर्तन गरि अरुको साहारामा बाँच्न बाध्य भएका सैनिक व्यक्तिहरुमा विचलन हुने स्थिती नआओस् र बाँकी जीवन सहज ढंगले व्यतित गर्न सकुन् भन्ने कुरालाई मनन गरी त्यस्ता द्धन्द्धबाट प्रभावित बहालवाला, अवकाश प्राप्त तथा तिनमा आश्रित परिवारका सदस्यहरु समेतलाई विविध सेवा गर्ने गराउने पुनित उद्धेश्यले अभिप्रेरित भई “महासेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट”को  सहायक रथी रमिन्द्र क्षेत्रीको अन्र्तमनबाट स्थापना  भएको छ ।

महासेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट
यस ट्रष्टलाई जिवन्तता दिन सहायक रथी रमिन्द्र क्षेत्रीको आफ्नो एकल स्वरबद्ध गीति एल्बम “जीवन सुन्दर छ” बाट संकलित रकम तथा सैनिक अधिकृतद्वारा निर्मित “क्याम्प फायर” एल्बमबाट संकलित रकमबाट समेत एउटा अक्षय कोष खडा गरी संचालन गर्ने सोच भए अनुसार “महासेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट” को स्थापना गरिएको हो । यस ट्रष्टले द्वन्द्वमा घाईते, अपाङ्ग भई बेसहारामा बाँच्न बाध्य भईरहेका तथा भविष्यमा कर्तव्य पालनाको सिलसिलामा कुनै भवितव्यमा परि असक्त, अपाङ्ग हुनजाने सैनिक व्यक्तिहरु तथा तिनका परिवारहरुलाई आफ्नो जीवन व्यतित गर्न हौसला प्रदान गर्ने, आर्थिक तथा भौतिक सहयोग गर्दै चेतनाको स्तरमा वृद्धि गराई सृजनशिल कार्यमा लाग्न प्रेरणा गर्दै समाजको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा पुर्‌याउने पुनित उद्देश्यले ट्रष्टको स्थापना गरी सञ्चालन गर्नका निमित्त यो ट्रष्टको सस्थापना गरिएको हो ।

संस्थाको उद्देश्य          
यस संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
(क)   मुनाफारहित सामाजिक संस्था को रुपमा स्थापना गरी द्वन्द्वको समयमा तथा भविष्यमा कर्तव्य पालनाको सिलसिलामा भवितव्यमा परि घाईते भएका सैनिक व्यक्ति, अपाङ्ग, असक्त, र तिनका आश्रित परिवारहरु समेतलाई शिक्षा, स्वास्थ्य उपचार तथा छात्रवृतिको माध्यमबाट सहयोग गर्ने पुनित उद्देश्यले ट्रष्टको स्थापना भएको छ ।
(ख)   घाईते भएका सैनिक व्यक्ति, अपाङ्ग र असक्त जबानहरुको चेतना स्तर वृद्धि गरी आफु अपाङ्ग असक्त हुँदा हुँदै पनि सबलाङ्ग व्यक्ति सरह समाजमा स्थापित गराउन अभिप्रेरित गर्ने गराउने उद्देश्यले विभिन्न सहयोगहरु प्रदान गरी अभिभावकत्वको भुमिका निर्वाह गर्ने ।

संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरू
यस संस्थाको उपरोक्त उद्देश्यहरू प्राप्त गर्न देहायका कार्यहरू गरिनेछ । 
(क)   संस्थाले प्रचलित नेपालको कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्ना उद्देश्यहरू कार्यान्वयन गर्नेछ ।
(ख)   संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालयको लागि आबश्यक पर्ने सामान तथा सवारी साधन खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्न सक्नेछ ।
(ग)   संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तीनको सेवा शर्तहरू निर्धारण गर्नेछ ।
(घ)   यो ट्रष्ट पनि सेवामुलक कार्य गर्ने संस्था भएकोले विविध कल्याणकारी कार्य गर्दै आइरहेको सैनिक कल्याणकारी कोषसँग आवद्ध रही विविध सेवामुलक कार्यहरु गर्नेछ ।
(ङ)   त्यसैगरी भविष्यमा संकलन हुन जाने फण्डको परिमाणलाई दृष्टिगत गरी बोर्डद्धारा निर्णय गरी अन्य कल्याणकारी तथा सामाजिक कार्यहरु सञ्चालन गर्नेछ ।

उपयोगी लि‌कहरु

     NEPALESE ARMY       |       BPOTC       |       NAIHS    
Number of hits: 001012212