प्राय सोधिने प्रश्नहरु
प्र. यस ट्रष्टको उद्देश्यहरु के के हुन् ?
उ. यस ट्रष्टको उद्देश्यहरु निम्न छन् ।
- घाइते र अपाङ्गका साथै तिनका परिवारहरुलाई बाच्ने आधार दिलाउनु ।
- घाइते र अपाङ्गका छोराछोरीलाई शिक्षामा छात्रवति दिनु ।
- स्वास्थय सुविधा प्रदान गर्नु ।
- आर्थिक सहायता प्रदान गर्नु ।
- अन्य सघसस्थासग मिलेर कल्याणकारी र सामाजिक कार्य गर्नु ।
प्र. यस ट्रष्टले कुन कुन क्षेत्रमा कार्य गर्दछ ?
उ. यस ट्रष्टले अहिले नेपाली सेनाका कर्तव्यपालनाका सिलसिलामा घाइते र अपाङ्गहरुलाई सहयोग प्रदान गर्दछ । यस ट्रष्टको फण्ड हेरेर भविष्यमा अन्य कल्याणकारी र सामाजिक कार्य पनि गर्न सकिनेछ ।
प्र. यस ट्रष्टमा के कस्ता सदस्य छन् ?
उ. साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य तथा मानार्थ सदस्य गरी ४ प्रकारका सदस्य हुनेछन् । थप जानकारीको लागि यहा क्लिक गर्नुस् ।
प्र. यस ट्रष्टबाट लाभान्वित को को हुन् ?
उ. यस ट्रष्टबाट लाभान्वित निम्न छन् ।
- शरीरको पुरै भाग नचल्ने
- शरीरको आधा भाग नचल्ने
- अन्धा व्यत्ति
- हात वा गोडा नभएका
- सुस्त मनस्थिति भएका
माथि उल्लेखित घाईते र अपाङ्गका आश्रितहरुलाई यस सस्थाबाट छात्रवति तथा आर्थिक सहयोग प्रदान गरिनेछ । यस ट्रष्टको फण्ड हेरेर भविष्यमा अन्य कल्याणकारी र सामाजिक कार्य पनि गर्न सकिनेछ ।
प्र. म कसरी यस कार्यमा सहयोग गर्नसक्छु ?
उ. सहयोगका लागि हाम्रो केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसक्नुहुन्छ वा डोनेट पेजमा दिइएको बैक खातामा जम्मा गर्न सक्नुहुन्छ ।
प्र. यस सस्थाको हिस्सेदार कसरी हुनसकिन्छ ?
उ.सामाजिककार्यमा सहभागी हुन चाहने जो कोही पनि यस सस्थाको हिस्सेदार हुनसक्छन् । सामाजिककार्यमा सलग्न NGO र INGOहरु पनि यस ट्रष्टसग मिलेर कार्य गर्न सक्छन् । सम्पूर्ण सहकार्य नेपालको कानून र ट्रष्टको विधान २०६९ अनुसार हुनेछ ।