क्रियाकलाप

व्हिल चियर वितरण कार्यक्रम

सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रोहिणी राणाको प्रमुख आतिथ्यमा महा-सेनानी गोपाल बहादूर खत्री स्मृती ट«स्टले पौष १५ गते आईतबार छाउनीस्थित वीरेन्द्र अस्पतालमा कर्तव्यपरायणको दौरान घाइते भई असहज परिस्थितिमा रहेका सैनिक व्यक्ति तथा विभिन्न कारणबस घाइते भएका अशक्त परिवारजनसमेत १९ जनालाई व्हिल चियर वितरण गरिएको छ ।

उक्त अवसरमा सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती अमिता थापा, संघका अन्य पदाधिकारीहरु, ट«स्टका संस्थापक सहायक रथी रमीन्द्र क्षत्री, ट«स्टकी अध्यक्ष श्रीमती गिता क्षत्री, ट«स्टका सचिव अ.प्रा. महा-सेनानी रतिन्द्र खत्री, ट«स्टकी कोषाध्यक्ष श्रीमती अभिलाषा क्षत्री गूरुङ तथा अन्य पदाधिकारीहरु, वीरेन्द्र अस्पतालका कमाण्डान्ट सहायक रथी बच्चूराम के.सी., क्लिनीकल रजिष्टार सहायक रथी किशोर जंग राणा, राष्टि«य अपाङ्ग पूनर्स्थापना समाजका अध्यक्ष राकेश हमाल, LDS Charities का प्रतिनिधिहरु लगायत अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

बालमन्दिरलाई सहयोग


आज मिति २०६९ साल पौष ९ गते मध्य पृतना हे.क्वा. का पृतनापति उपरथी श्री राजेन्द्र क्षत्रीबाट मकवानपुर जिल्लाको भिमफेदी स्थित बालमन्दिरमा आश्रय लिई रहेका बाल बालिकाहरुको लागि महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्टबाट प्राप्त हुन आएको उपयोगी विभिन्न किमिसका पुस्तकहरु उक्त बाल मन्दिरका प्रमुख दयाराम कंडेललाई हस्तान्तरण गर्नु भयो । हाल उक्त बाल मन्दिरमा ३४ जना बालबालिकाहरुले आश्रय लिई रहेका छन् । सो अवसरमा पृतनापतिबाट आश्रित बाल बालिकाहरुलाई विभिन्न शैक्षिक सामाग्री, विस्कुट तथा चकलेट समेत वितरण गर्नु भएको थियो । कार्यक्रममा उक्त बाल मन्दिरका प्रमुख दयाराम कंडेलले प्राप्त पुस्तक तथा शैक्षिक सामाग्रीले आश्रित बाल बालिकाहरुको शैक्षिक स्तर बढाउन निकै फलदायी हुने विश्वास व्यक्त गर्नु हुदै पृतनापति मार्फत उक्त ट्रष्टलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

 

श्री कृष्ण माध्यामिक बिद्यालय मकवानपुर सहयोग


मिति २०६९/०८/११ गते श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री राजेन्द्र क्षत्री ज्यूबाट मकवानपुर जिल्ला भैसे गा.वि.स. स्थित भैसेमा रहेको श्री कृष्ण माध्यामिक बिद्यालयलाई श्री महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्टको तर्फबाट ३०० थान बिभिन्न पुस्तकहरु र भलिवन थान १ र भलिवन नेट थान १ उक्त स्कुलका प्रधानअध्यापक कृष्णलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।

श्री कालीशक्ति गण (ई) लाई सहयोग


मिति २०६९/०८/११ गते श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री राजेन्द्र क्षत्री ज्यूबाट यस पृतना हे.क्वा. अन्तरगत रहेको श्री कालीशक्ति गण (ई) लाई श्री महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्टको तर्फबाट १५० थान विभिन्न पुस्तकहरु उक्त गणका गणपति प्रमुख सेनानी श्री रोशन शम्शेर राणलाई हस्तान्तरण गर्नु भयो ।

 

श्री सरस्वती निम्न माध्यमिक विध्यालय तंनहुलाई सहयोग
मिति २०६९ असोज २७ गते “महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट”ले एक कार्यक्रमका बिचमा श्री सरस्वती निम्न माध्यमिक विध्यालय तंनहुलाई 500 पुस्तकहरु, ५० स्कूल ब्याग, १५० कापी लगायत का स्टेशनरीका सामान, ७ फुटबल, २ भलिबल तथा जर्सी-बुट लगायत का खेलकुदका सामान प्रदान गर्‍यो । उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष र अन्य पदाधिकारीहरुले बिपन्न विध्यार्थीहरुलाई लत्ता-कपडा र बालबालिकालाई १०० थान स्वेटर प्रदान गरे । साथै विभिन्न आमा समुहलाई रु ५००० का दरले रु १५००० पनि प्रदान गरियो। विध्यालयका प्रधानाध्यापक कृष्ण बहादुर जिसीले ट्रष्टलाई सहयोगका लागी धन्यवाद दिनु हुंदै यसबाट  विध्यालयले आफ्नो स्तर बढाउन  सहयोग हुने कुरा बताउनु भयो ।

कोष सकलन
मिति २०६८ चैत्र २९ गते सहायक रथी रमिन्द्र क्षेत्रीको आफ्नो एकल स्वरबद्ध गीति एल्बम “जीवन सुन्दर छ” बाट संकलित रकम तथा सैनिक अधिकृतद्वारा निर्मित “क्याम्प फायर” एल्बमबाट संकलित रकमबाट समेत एउटा अक्षय कोष खडा गरिएको छ। कर्तव्य पालनाको सिलसिलामा भवितव्यमा परि घाईते भएका सैनिक व्यक्ति, अपाङ्ग, असक्त, र तिनका आश्रित परिवारहरु समेतलाई शिक्षा, स्वास्थ्य उपचार तथा छात्रवृतिको माध्यमबाट सहयोग गर्ने पुनित उद्देश्य राखेको छ ।

पुस्तक वितरण
मिति २०६९ भाद्र २४ गते मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री राजेन्द्र क्षत्रीबाट “महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट” मार्फत उपहार स्वरुप प्रप्त भएको ३५० थान पुस्तकहरु मध्य पृतना स्थित पुस्तकालयमा राख्नको लागि यस पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री दिपक विक्रम पाण्डेलाई एक समारोहका बिच हस्तान्तरण गर्नु भयो । उक्त समारोहमा पृतनापतिज्यूबाट उक्त पुस्तकहरुले थान हासिल गर्न चाहने सकलदर्जाहरुलाई लाभ पुग्न सक्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

पुस्तक वितरण
मिति २०६९ भाद्र २७ गते यस ट्रष्टका उपाध्य्क्ष रीता क्षत्रीले “महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट” मार्फत उपहार स्वरुप प्रप्त भएको ३०० थान पुस्तकहरु मध्य पृतना स्थित पुस्तकालयमा राख्नको लागि सैनिक आवासीय महाविधालय, चैनपुरका प्रधानाध्यापक बिमल क्षत्रीलाई एक समारोहका बिच हस्तान्तरण गर्नु भयो । उक्त समारोहमा प्रधानाध्यापक क्षत्रीबाट उक्त पुस्तकहरुले महाविधालय विधार्थीहरुलाई लाभ पुग्न सक्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

उपयोगी लि‌कहरु

     NEPALESE ARMY       |       BPOTC       |       NAIHS    
Number of hits: 001012208