News >
क्रियाकलाप
बालमन्दिरलाई सहयोग
आज मिति २०६९ साल पौष ९ गते मध्य पृतना हे.क्वा. का पृतनापति उपरथी श्री राजेन्द्र क्षत्रीबाट मकवानपुर जिल्लाको भिमफेदी स्थित बालमन्दिरमा आश्रय लिई रहेका बाल बालिकाहरुको लागि महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्टबाट प्राप्त हुन आएको उपयोगी विभिन्न किमिसका पुस्तकहरु उक्त बाल मन्दिरका प्रमुख दयाराम कंडेललाई हस्तान्तरण गर्नु भयो । हाल उक्त बाल मन्दिरमा ३४ जना बालबालिकाहरुले आश्रय लिई रहेका छन् । सो अवसरमा पृतनापतिबाट आश्रित बाल बालिकाहरुलाई विभिन्न शैक्षिक सामाग्री, विस्कुट तथा चकलेट समेत वितरण गर्नु भएको थियो । कार्यक्रममा उक्त बाल मन्दिरका प्रमुख दयाराम कंडेलले प्राप्त पुस्तक तथा शैक्षिक सामाग्रीले आश्रित बाल बालिकाहरुको शैक्षिक स्तर बढाउन निकै फलदायी हुने विश्वास व्यक्त गर्नु हुदै पृतनापति मार्फत उक्त ट्रष्टलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।