News >
श्री सरस्वती निम्न माध्यमिक विध्यालय तंनहुलाई सहयोग
मिति २०६९ असोज २७ गते “महा सेनानी गोपाल बहादुर खत्री स्मृती ट्रष्ट”ले एक कार्यक्रमका बिचमा श्री सरस्वती निम्न माध्यमिक विध्यालय तंनहुलाई 500 पुस्तकहरु, ५० स्कूल ब्याग, १५० कापी लगायत का स्टेशनरीका सामान, ७ फुटबल, २ भलिबल तथा जर्सी-बुट लगायत का खेलकुदका सामान प्रदान गर्यो । उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष र अन्य पदाधिकारीहरुले बिपन्न विध्यार्थीहरुलाई लत्ता-कपडा र बालबालिकालाई १०० थान स्वेटर प्रदान गरे । साथै विभिन्न आमा समुहलाई रु ५००० का दरले रु १५००० पनि प्रदान गरियो। विध्यालयका प्रधानाध्यापक कृष्ण बहादुर जिसीले ट्रष्टलाई सहयोगका लागी धन्यवाद दिनु हुंदै यसबाट विध्यालयले आफ्नो स्तर बढाउन सहयोग हुने कुरा बताउनु भयो ।